गठबन्धनमा सामेल हुन लोसपालाई देउवाको प्रस्ताव

काठमाडौँ l प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा सामेल हुन प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न आइतबार बालुवाटार पुगेका लोसपाका शीर्ष नेताहरुलाई उक्त प्रस्ताव राखिएको वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

Advertisement

‘गठबन्धन र चुनावका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग भेटवार्ता भयो । गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीजीले प्रस्ताव गर्नुभयो । हाम्रा मागहरु पूरा हुन्छ भने लोसपा गठबन्धन वा चुनावी तालमेलका लागि सकारात्मक रहेको जवाफ दियौं,’ नेता महतोले भने ।

लोसपाले तराईका नागरिकको नागरिकताको समस्या समाधान गर्नुपर्ने, विभिन्न आन्दोलनका क्रममा झुट्टा मुद्दा लागेका कार्यकर्तालाई रिहा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । ती मागमध्ये नागरिकता विधेयक संसद्‌बाट पारित भइसकेको छ ।

More News last news
Loading...