नेपालमा बढ्यो कोरोना संक्रमण, आजमात्रै ९१२ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नौ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

पीसीआर र एन्टिजेन गरी ६ हजार चार सय ९१ जनाको नमुना परीक्षण गर्दा नौ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

Advertisement

यही अवधिमा तीन सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ।

अहिले नेपालमा पाँच हजार सात सय ६० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएकाे विवरण प्राप्त भइनसकेको मन्त्रालयले जनाएको छ ।

More News last news
Loading...