भूकम्पले खोटाङदेखि काठमाडौँसम्म हल्लायो, क्षतिको विवरण आउन सकेन

काठमाडौँ । खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का खोटाङ, काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस गरिएको छ ।

Advertisement

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ । त्यहाँ अहिलेसम्म बिजुली नियमित छ ।

क्षतिको विवरणबारे जानकारी प्राप्त भइनसकेको उहाँले बताउनुभयो । विपद् व्यवस्थापनमा खटिने टोली तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, भुकम्पको केन्द्रबिन्दु अलि दुर्गम छ त्याहाँ स्थानीय जन प्रतिनिधि जाँदै हुनुहुन्छ त्यसपछि मात्रै क्षतिको विवरण आउला ।

More News last news
Loading...