काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो हिजोको तुलनामा दोब्बर भन्दा बढिले धेरै हो ।
हिजो आइतबार देशभर २ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ५१ जनामा गरिएको नमुना परीक्षणमा चार सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा केही दिनयता दिनहुँजस्तै कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । जसका कारण कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ सय ७६ जना पुगेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ।
यही अवधिमा ४८ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा ९८ हजार नौ सय जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
