नियुक्त भए तीन देशमा राजदूत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीन देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलङ्काका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको हो ।

Advertisement

ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलङ्काका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

More News last news
Loading...