नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति ५६ प्रतिशत

काठमाडौं । निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको छ।

आयोजनाको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.५ प्रतिशत र समग्र प्रगति ५६ प्रतिशत छ।

Advertisement

मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुङ छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसिङ)को काम समेत तिव्रताका साथ अघि बढाएको हो ।

हालसम्म मुख्य, सहायक सुरुङ वर्किङ अडिट र क्रस प्यासेज गरी ५४ सय ९९ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरण आयोजनाले सार्वजनिक गरेको छ। आयोजनाको अघिल्लो महिना कुल भौतिक प्रगति ३७ प्रतिशत थियो ।

More News last news
Loading...