२० वर्षपछि अष्ट्रेलियाविरुद्धको सिरिज श्रीलंकाद्वारा कब्जा

काठमाडाैं । अष्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिज १ खेल अगावै श्रीलंकाले जितेको छ । गएराति भएको खेलमा घरेलु टोली श्रीलंकाले पाहुना टोलीलाई चोथौ एक दिवसीइमा ४ रनले पराजित गर्दै सिरिज १ खेल अगावै आफ्नो पक्षमा पारेको हो ।

सिरिजमा श्रीलंका ३-१ ले अघि रहेको छ। घरेलु भूमिमा श्रीलंकाले अष्ट्रेलियाविरुद्ध २० वर्ष पछि एक दिवसीय सिरिज जित्न पनि सफल भयो । श्रीलंकाले दिएको २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले सवै विकेट गुमाएर २५४ रन मात्रै बनायो।

Advertisement

डेविड वार्नरले ९९ रनको पारि खेल्दा पेट कमिन्सले ३५ रुन जोडेका थिए। यसैगरी टार्भिस हेडले २७ रन जोड्दा मिचेल मार्शले २६ रनको योगदान गरे। धनन्जय डी सिल्भा, चामिका करुनारत्ने र जेफ्रीले दुई दुई विकेट लिए।

चारिथ असलंकाले शतकीय पारि खेल्दा धनन्जय डी सिल्भाले अर्धशतकीय पारि खेले। असलंकाले ११० रन बनाउँद्या सिल्भाले ६० रन बनाए। अष्ट्रेलिया मिचेल मार्श, म्याथ्यु र पेट कमिन्सले दुई दुई विकेट लिएका थिए।

More News last news
Loading...