काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले सन् २०१५ मा पत्राचार गरेको पुष्टि गरेको छ ।
बुधवार पत्रकार सम्मेलन मार्फत अमेरिकी दूतावासले सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार रहेको बेला नेपाली सेनाले आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुन अनुरोध गरेको जनाएको हो ।
सन् २०१५ को अक्टोबर २७ मा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट एनजीएसएसपी सहभागी हुन अनुरोध गर्नुभएको पत्र सार्वजनिक भएको छ।
अमेरिकी दूतावासले पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रष्टीकरण दिएको हो ।
तर बुधबार नै नेपाली सेनाले भने एक विज्ञप्ति जारी गर्दै एसपीपीमा सहभागी हुन पत्राचार नगरेको जिकिर गरेको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
