देशलाई आघात पुग्ने रणनीतिक महत्वको सम्झौतामा हस्ताक्षर गर्दिनः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमाथि आघात पुग्ने कुनै पनि सम्झौत नगर्ने बताउनुभएको छ । स्टेट पाटर्नशिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चौतर्फी आलोचना भएपछि उहाँले यस्तो बताउनुभएको हो ।

बुधवार बसेको सत्तासाझेदार दलको संयुक्त बैठकमा देउवाले नेपाललाई आघात पुग्ने कुनै पनि सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रष्ट पार्नुभएको हो ।

Advertisement

बालुवाटारमा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्दै देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताउनुभएको हो ।

बुधवार प्रधानमन्त्रीसँग कुराकानी भएकोबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, ‘आज बालुवाटारमा प्रचण्ड, म, उपेन्द्र यादव बीचमा प्रधानमन्त्रीजीले स्पष्ट कुरा गर्नुभएको छ, नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको सम्झौतामा हस्ताक्षर हुने काम मबाट हुँदैन भनेर।’

‘अरू देशहरूले पनि यसबारे चासो राख्दाखेरि वा कसैले भने पनि म मान्नेवाला छैन भनेर प्रधानमन्त्रीले क्लियर भन्नुभएको छ,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘यस्तो सम्झौता गरिँदैन, हुँदैन भन्नुभएको छ ।’

More News last news
Loading...