१९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा आज नेपाल र यूएई खेल्दै

काठमाडौँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ ।

मलेसियाको यूकेएम ओभलमा खेल बिहान ११ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो ।

Advertisement

त्यस्तै पहिलो खेलमा यूएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् ।

छनोटमा शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्व कपमा पुग्नेछ । नेपालले सोमवार भुटान, मङ्गलवार थाइल्यान्ड र बिहीवार मलेसियासँग खेल्नेछ ।

More News last news
Loading...