कार्यपालिका र जिल्ला समन्वयमा पनि तालमेल गर्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल गरेर जान निर्देशन दिने निर्णय गरेका छन् ।

साेमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर अगाडि बढ्न प्रदेश र जिल्ला तहलाई निर्देशन दिने निर्णय गरेको हो ।

Advertisement

बैठकमा स्थानीय तहको निर्वाचनमा भएको तालमेलको समीक्षा भएको बताइएकाे छ ।

स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका सत्तारुढ पाँच दलले आगामी निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिने बताउँदै आएका छन् ।

More News last news
Loading...