उदयपुरको उदयपुरगढी गाउँपालिकामा एमालेलाई हराउँदै एकीकृत समाजवादी विजयी

उदयपुर l उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन्।

सत्तागठबन्धनका उम्मदेवार उनले ४९४२ मत ल्याएर जितेका हुन्। उनका प्रतिष्पर्धी एमालेका गोपालबहादुर खत्रीले ४११४ मत ल्याएका छन्।

Advertisement

उपाध्यक्षमा नेपाली कांग्रेसका जीतबहादुर खड्का ४६४८ मतसहित विजेता बन्दा प्रतिष्पर्धी एमालेकी शोभाकुमारी मगरले ३८६३ मत पाएकी छन्। ०७४ मा मानबहादुरले नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका थिए।

More News last news
Loading...