कोरोनाबाट १ करोड ५० लाख जनाको ज्यान गएको अनुमान, भारतमा १० गुँणा बढी

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना महामारीका कारण अहिलेसम्म विश्वमा झन्डै १५ मिलियन अर्थात् एक कराेड ५० लाख जनाकाे ज्यान गएको हुन सक्ने अनुमान गरेको छ ।

यो तथ्याङ्क दुई वर्षमा कोरोनाका कारण ज्यान गुमाएकाको तुलनामा १३ प्रतिशतभन्दा धेरै हो । कतिपय देशमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्याभन्दा निकै कम गणना भएको हुन सक्ने सङ्गठनले जनाएको छ ।

Advertisement

अहिलेसम्म दुई वर्षमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५४ लाख जना मात्र रहेको आधिकारिक तथ्याङ्क रहेको छ।डब्लूएचओले भारतमा मात्रै कोरोनाका कारण ४७ लाख जनाको ज्यान गएको हुन सक्ने बताएको छ ।

यो आधिकारिक तथ्याङ्कभन्दा १० गुणा धेरै हो । विश्व स्वास्थ्य सङ्गठनको अनुमानलाई लिएर भारत सरकारले भने चिन्ता व्यक्त गरेको छ । भारतमा आधिकारिक तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख २३ हजार नौ सय ७५ जना रहेको छ ।

अहिले भारतमा दैनिक झन्डै तीन हजार कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् । भारतसँगै रुस, इन्डोनेसिया, अमेरिका, ब्राजिल, मेक्सिको र पेरुमा पनि कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या अनुमान गरेको गरेको भन्दा झन्डै तीन गुणा बढी रहेको पाइएको बीबीसीले जनाएको छ ।

More News last news
Loading...