कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं l नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवार टुंगो लगाउन शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

Advertisement

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

More News last news
Loading...