काठमडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तारकेश्वर नगरपालिकाले पार्टीको तर्फबाट नगरप्रमूख र उपप्रमूखसहित ११ वटै वडामा वडाध्यक्षका उमेद्वारहरु सर्वसम्मत रुपमा टुँगो लगाएको छ ।
आज बसेको पार्टीको बैठकले नगरपालिका प्रमूखमा राप्रपा तारकेश्वरका अध्यक्ष बसन्त कुमार बस्नेतलाई सर्बसम्तरुपमा उमेद्वार चयन गरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष रविन थापाले बताए । उपप्रमुखमा सीमा राजबाट चयन भएकी छन् ।

थापाका अनुसार, तारकेश्वर नगर वडाध्यक्षका उमेद्वारहरुमा वडा नम्बर १ मा वडाध्यक्षको उमेद्वारमा श्याम देवकोटा, २ मा रामचन्द्र ठकुरी, ३ मा मनिराम फुँयाल, ४ मा राजकुमार बोगटी, ५ मा शुरेस सापकोटा, ६ मा राम मर्हजन, ७ मा लक्ष्यमण पाण्डे, ८ मा निश्चल कोइराला, ९ मा राकेश मर्हजन, १० मा कृष्ण मान मर्हजन र ११ मा शिव पौडेल रहेका छन् ।

यहि बैशाख ३० गते देशभरका ७५३ वटै पालिकाहरुमा स्थानीय तहको निर्वाचन हुँदै छ । देशभर सत्ता गठबन्धनका ५ दल र प्रतिपक्ष दल नेकपा (एमाले) पनि केही दलसँग गठबन्धन गर्ने जनाइरहँदा हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको माग गर्दै आएको राप्रपा भने एका दुई स्थानमा बाहेक देशभर एक्लै चुनावी मैदानमा होमिएको छ ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
