केपी ओलीहरुका कारणले देशको विकास २५ वर्ष पछि पर्यो : प्रदीप पौडेल

काठमाडौँ । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्ष पछि परेको आरोप लगाएका छन्। मंगलबार शंकरदेव क्याम्पस द्वारा आयोजीत आर्थिक सवलीकरण “राजनैतिक शुद्धिकरण विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन l

‘केपी ओलीहरुकाे कारणले देशको विकास २५ वर्ष पछि पर्यो’ उनले भने। अघिल्लो निर्वाचनमा जनताले मत दिएर जिताए पनि केपी ओलीले राजनीतिक ब्यवस्थापन गर्न नसक्दा अवसर हुँदा हुँदै पनि देश विकास हुन नसकेको आरोप लगाए। 

Advertisement

अरुण तेस्रो परियोजना निर्माणकाे प्रसङ्ग जोड्दै उनले भने, ५१ सालमा एमालेले अरुण तेस्रो परियोजना रोक्यो, त्यो परियोजना नरोकिएको भए ५६ मा सम्पन्न हुन्थ्यो, आज हामीले भारतबाट बिजुली किनेर उज्यालो प्राप्त गर्ने स्थिति रहँदैन थियो l

केपी ओली जीहरुको कारणले नेपालको विकास २५ वर्ष पछाडि पर्यो। कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा काग्रेसले राजनीतिक शुद्धिकरण र उत्पादनको नीति र योजनासहित जनतामा जानुपर्ने पनि बताएका छन् ।

देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको र अबको बाटो आर्थिक विकास र गुणस्तर विकासको हुनुपर्ने र त्यसको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नुपर्ने उनले बताए।

राज्यले दिने हरेक क्षेत्रकाे सेवा सुविधामा गुणस्तर वृद्धि गर्नुपर्ने उनले बताए। आर्थिक विकासका लागि उत्पादन पहिलो सर्त भएको बताउँदै कांग्रेसले आफ्नो सम्पूर्ण उर्जा उत्पादनमा लगाउनुपर्ने उनको जोड थियो।

आर्थिक विकास बिना लोकतन्त्र बलियो हुन नसक्ने बताउँदै उनले व्यवस्थालाई सवल र बलियो बनाउन अबको नीति उत्पादनमुखी हुनुपर्ने उनको भनाई छ। उत्पादनको छनोट गरेर कृषि र भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको उत्पादनलाई पहिलो प्रथामिकता दिनुपर्ने उनले बताए।

More News last news
Loading...