आज राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

कहिलेदेखि लाग्छ आचारसंहिता ?

काठमाडाैं l चैतनिर्वाचन आयोगले आज स्थानीय तहकाे चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।

बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ ।

Advertisement

०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहकाे निर्वाचन हुँदैछ ।

तर, आचारसंहिता भने लागू भइसकेकाे छैन । उमेद्वार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेकाे छ ।

याे विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे छ । यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

More News last news
Loading...