साना ७३ दललाई आफ्नै चुनाव चिन्ह दिने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७३ साना दलहरूलाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने भएको छ।

आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३ साना दललाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

Advertisement

स्थानीय तह निर्वाचनका लागि ७९ दल आयोगमा दर्ता भएका थिए। राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिन्ह पाउँछन्।

राष्ट्रिय मान्यता प्राप्त गरेका बाहेकका साना दललहरूले समेत आफ्नै चुनाव चिन्ह पाउनु पर्ने माग गरेका थिए। सोही आधारमा आयोगले जिल्लामा रहेका संगठनको संरचनाको विवरण माग गरेको थियो। त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाएको प्रवक्ता पौडेलले बताए।

More News last news
Loading...