काठमाडाैं l सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसाे बस्दैछ। दिउँसाे २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहकाे निर्वाचनमा केन्द्रित हुनेछ ।
बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसले २९ फागुनदेखि थालेकाे घरदैलाे अभियान २९ चैतमा सकिँदैछ ।
हालसम्मकाे प्रारम्भिक समीक्षा पनि हुुनेछ । सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।
नेविसंघका अध्यक्ष शेर्पा आज पदभार सम्हाल्दै
नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले आज शुक्रबार पदभार सम्हाल्ने भएका छन् । दिउँसो ११ बजे पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गर्ने छन् ।
नेपाली कांग्रेसले बुधबार शेर्पालाई नेविसंघको अध्यक्ष नियुक्त गरेको थियाे । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वअध्यक्ष ढुंगानाले अनामनगरस्थित संघको कार्यालयमा पद हस्तान्तरण गर्ने शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पालाई स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको ३ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ ।
बोहोराटारमा कांग्रेस सभापतिहरूको भेला : गठबन्धन गर्ने कि नगर्ने निष्कर्ष निकाल्ने
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन जिल्ला सभापतिहरूलाई बोलाएका छन् ।
बोहोराटारस्थित आफ्नै निवासमा जिल्ला सभापतिहरूसँग छलफलका आधारमा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने छन् । त्यसका लागि जिल्ला सभापतिहरू पौडेल निवास बोहोराटार पुगिरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
