काठमाडौं l नाबालिक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।
बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो ।
एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।
शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
