आगामी चुनावमा चिह्न हरियो हुने

काठमाडौँ । आगामी निर्वाचनमा मतपत्रमा चुनाव चिह्न हरियो रंगको हुने भएको छ । निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने बताएको हो।

सोमबार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृतका लागि सार्वजनिक सूचना गरिएको बताए।

Advertisement

उनले मतदाता नामावली अद्यावधिक दाबी बिरोधको समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन निवेदन दिने, झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिने, कुनै पनि मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने बताए।

गठबन्धनसँग तालमेलका लागि माओवादीले कार्यदल बनाउने

सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर गठबन्धनसँग तालमेलका लागि कार्यदल बनाउने भएको छ । सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले गठबन्धनसहित निर्वाचन जाने विषयमा टुंगो लगाउन कार्यदल बनाउने निर्णय गरेको हो ।

‘आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने र गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको छ’, नेता वर्षमान पुनले भने ‘सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने अनि त्यसरी नै तालमेल हुने छ ।’

उनले हरेक पालिकामा लोकप्रिय र योग्य उम्मेदवारको सूची बनाएर पठाउने, त्यही सिफारिस अनुसार उम्मेदवार बनाउने बताए । माओवादीले आगामी चुनावमा तालमेल गर्ने बताइरहँदा सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेसमा भने गठबन्धनसहित चुनावमा जाने विषयमा विमति देखिएको छ ।

More News last news
Loading...