काठमाडौं । संघीय सरकारले फागुन २४ गते अर्थात भोलि मंगलबार देशभर सार्बजनिक बिदा दिएको छ। अंग्रेजी पात्रो अनुसार हरेक वर्ष मार्च महिनाको ८ तारीखका दिन पर्ने विश्व नारी दिवसका अवसरमा सरकारले भोलि देशभर सार्बजनिक बिदा दिने भएको हो ।
मार्च ८ अर्थात् फागुन २४ गते मंगलबार नारी दिवस परेको छ । विश्व नारी दिवस १९ औं शताब्दीको शुरुको बेला देखि नै मान्न शुरु गरिएको हो ।
सबैजना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ Gender equality today for a sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइदै छ ।
मंगलबार नारी दिवसका अवसरमा देशभर सार्बजनिक बिदा दिएको संघीय, प्रदेश र स्थानीय सरकारहरुले विभिन्न कार्यक्रमहरुको आयोजना समेत गरेका छन् ।
विश्वमा यसरी सुरु भयो नारी दिवस ?
श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको हो। सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै यसको बीजारोपण भएको थियो।
त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो। यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो। उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाएकी हुन्।
त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरू सबैले उनको सुझावमा सहमति जनाए। पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो। त्यसको १०० वर्ष सन् २०११ मा मनाइयो, त्यसैले यो वर्ष हामी ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछौँ।
तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो। सन् १९९६ मा राष्ट्रसङ्घले “विगत मनाउँदै, भविष्यबारे योजना गर्दै” भन्ने विषयलाई आत्मसात् गर्यो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
