काठमाडौँ । आन्तरिक हवाई उडानको भाडा बढेको छ। फागुन २२ गते अर्थात् आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि एशोशिएसनले भाडा पनि वृद्धि गरेको छ।
निगमले ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा वृद्धि गरेको हो।
लामो दूरीको विराटनगर नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँ एकतर्फी भाडा वृद्धि भएको हो। छोटो दूरीको काठमाडौँ सिमराको भाडा ९० रुपैयाँले बढेको हो।
यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाडौँ-धनगढीको ४४५ रुपैयाँ, काठमाडौँ-भद्रपुर ३०० रुपैयाँ, काठमाडौँ-सुर्खेत ३४५ र काठमाडौँ-नेपालगञ्जको ३३० रुपैयाँले बढेको छ।
नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल-डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन्।
कहाँ कति पुग्यो भाडा ? तालिका हेर्नुहोस्

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
