काठमाडौं l नेपाल क्रिकेट संघ (क्यान) ले अभ्यास खेलका लागि श्रीलंका जाने १६ खेलाडीको सूची सार्वजनिक गरेको छ। यसै महिना संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारी गर्न सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडी शनिबार श्रीलंका जाँदैछन् ।
नेपालले यूएईमा पपुवा न्युगिनी र घरेलु टोलीसँग त्रिदेशीय शृंखला खेल्नेछ । नेपालले गत महिना आइसीसी टी–२० विश्वकप क्रिकेटको छनोट खेलेको थियो ।
नेपाली टोलीः सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की ।
मनाङ सेमिफाइनलमा
मनाङ मर्स्याङ्दी क्लब पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।मनाङले बिहीबार प्रतियोगिताको उद्घाटन खेलमा भारतीय टोली दिल्ली फुटबल क्लबमाथि २–१ को पुनरागमन जित निकालेको हो।
धनगढी रंगशालामा सम्पन्न खेलमा ६७औं मिनेटमा कृष्णाले गोल गर्दै दिल्लीलाई अग्रता दिलाएका थिए।तर, ७७औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई खेलमा फर्काएका थिए । यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा विमल रानाले गोल गरेपछि मनाङले २–१ को जित निश्चित गर्यो।
खेलको म्यान अफ दी म्यान मनाङका अञ्जन चुनिए । उनले नगद १० हजार प्राप्त गरे । सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता छ ।
आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब छन् । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलकिपर, रक्षक, मिड्फिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले नगद २५ हजारका दरले प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
