संसद् भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्दै

काठमाडौं l नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्ने भएको छ। एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ।

Advertisement

सोही बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारि रहेको छ। गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने छ।

प्रतिनिधिसभाको अर्को बैठक केहीबेरमा बस्ने

प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका छन्।

अबको संसद्‍ बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ।

More News last news
Loading...