काठमाडौं l अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ।
सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो।
प्रतिनिधिसभा बैठकको दुई घन्टा अघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने ? भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिनेछ।
एमसीसीकाे व्याख्यात्मक ड्राफ्ट बन्दैछ : गाेविन्द वन्दी
सत्ता गठबन्धनका दल एमसीसीमा युटर्न भएसँगै व्याख्यात्मक ड्राफ्टकाे काम अगाडि बढेकाे छ । यसकाे नेतृत्व अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका हुन् । ‘एमसीसी सम्झाैतामा रहेका प्रावधानकाे व्याख्या गर्नेगरी ड्राफ्ट बनिरहेकाे छ,’ बन्दीले न्युज कारखानासँग भने ।
कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा (एस)बाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफट’मा गठबन्धनको बैठकमा छलफल गरे पछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ ।
यसअघि संशोधन बिना एमसीसी परियोजना अनुमोदन नगर्ने अडान राख्दै आएका सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख तीन दल अन्ततः लचिलो देखिएपछि नयाँ प्रक्रिया अगाडि बढेकाे हाे ।
एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत देखिएको भन्दै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) लचिलो भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
