भोलि विप्लवसहितका वाम घटकद्वारा नेपाल बन्दको घोषणा

काठमाडौँ । सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनका लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले नेपाल बन्द गर्ने घोषणा गरेका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन्।

Advertisement

सरकारले भोलि नै एमसीसी पास-फेलको लागि संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलनको तयारी थालिसकेका छन्।

एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी रहेको छ।सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा उभिएका छन्।

नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद शशांक कोइरालालले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल एमालेले बैठक अवरोध गर्ने
त्यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ। एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।

More News last news
Loading...