आज यी ४ प्रदेशमा वर्षा हुने, थोरै स्थानमा हिमपातको सम्भावना

काठमाडाैं l हाल मुलुकमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

Advertisement

राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन पनि गरिएकाे छ।

यसैगरी, बिहीबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भु–भागको एक–दुई स्थानहरुमा छिटपुट देखि हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

More News last news
Loading...