कमल थापा पुरानै पार्टीमा फर्किए, फागुन ७ मा घोषणा सभा

काठमाडौँ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्टि जनाउँदै पार्टीबाट बाहिरीएका कमल थापाले राप्रपा नेपालको नेतृत्व लिएका छन्।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ। यसअघि राप्रपा नेपालकै अध्यक्ष रहेका थापाले पार्टी एकीकरण गरेपछि लाक्पा शेर्पाको अध्यक्षतामा राप्रपा नेपाल गठन भएको थियो।

Advertisement

राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष भएका कमल थापाले केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताए।

थापाले आज आइतवार विज्ञप्ति निकालेर देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको र केही समयको अलमलपछि फेरि आफूहरू आफ्नो घर फर्किएको बताएका छन्।

‘विगतका त्रुटि, कमजोरीहरुबाट पाठ सिकेर तथा गल्तीहरु सच्याएर फेरि एकपटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर हामीले पाएका छौं । बिचमा अवरुद्ध भएको हाम्रो यात्रा अब नयाँ उर्जा र अठोटका साथ अघि बढने छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘सम्वर्द्धनवाद’ को मूल शक्ति राप्रपा नेपाल हो भन्ने कुनै द्विविधा छैन,’ थापाले भनेका छन् ।

थापाले राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि ुहिन्दुराष्ट्र, सुशासन र समृद्धिु को मूल एजेण्डा बोक्ने उल्लेख गरेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुने जानकारी दिँदै थापाले राप्रपा नेपालको घोषणासभा फागुन ७ गते काठमाडौं हुने उल्लेख गरेका छन् ।

More News last news
Loading...