नेपालमा आज मात्रै थपिए १ हजार ३६९ जना कोरोना संक्रमित, १२ को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

यो सँगै नेपाल हालसम्म ११ लाख सात हजार ९८६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा दुई हजार २३८ कोरोना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुनेको संख्या नौ लाख ३० हजार ६०७ जना छन्। निको हुनेको सं‌ख्या ९५ प्रतिशतभन्दा बढी हो।

कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा मात्रै ३२९ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज ३२९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौमा २३५, ललितपुरका ६४ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा ५६, मोरङमा ५०, लमजुङमा ४५, कैलाली ३४, सुनसरी ३१, झापा ३०, चितवन र रुपन्देहीमा २३र२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै स्याङ्जा १८, धनुषा १७, काभ्रेपलान्चोक १६, महोत्तरी, धादिङ र दाङ १५र१५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...