वैशाख ९ गतेदेखि एसईईको परीक्षा सञ्चालन हुने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए ।

Advertisement

स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा सञ्चालन हुने बताएका हुन् ।

प्रथम इन्डोर कर्पोरेट लिग फागुनमा

हिमालयन स्पोर्टस म्यानेजमेन्टको आयोजनामा ‘प्रथम इन्डोर कर्पोरेट लिग’ (आइसीएल) क्रिकेट प्रतियोगिता हुने भएको छ ।

१८ फागुनदेखि सुरु हुने प्रतियोगिता ललितपुरको हात्तीवनस्थित हिमालयन क्रिकेट एकेडेमीको इन्डोरमा सञ्चालन हुने आयोजकले जानकारी दिएको हो । प्रतियोगिताको फाइनल २१ फागुनमा हुनेछ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । नकआउट पद्धतिमा हुने प्रतियोगितामा कुल २७ खेल हुने छन् । आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीले ४० हजार दर्ता शुल्क तिर्नुपर्ने छ । पुरस्कार राशी भने तोकिएको छैन ।

टी–१० फर्म्याटमा खेलाइने प्रतियोगिताको प्रत्येक टोलीले आठ पहिलो रोजाई र दुई विकल्प गरी १० खेलाडी राख्न पाउने छन्।

More News last news
Loading...