काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने १३ जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर ७ हजार ८७४ जनाको पीसीआर र ३ हजार ४९१ जनाको एन्टीजेन परिक्षण गरिएको थियो।
कूल ११ हजार ३६५ जनाको स्वास्थ्य परिक्षण गर्दा १ हजार ५७० जनामा कोरोना संक्रमण पाइएको हो। बितेको चौबिस घण्टामा देशभर ६ हजार १४६ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ रहेको छ। जसमध्ये ३८ हजार ८८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्।
उनीहरुमध्ये २५५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख २ हजार २५९ पुगेको छ। यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ भने ९ लाख १५ हजार ४८९ जना संक्रमणमुक्त भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
