काठमाडौँ । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले कोभिड१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज आजदेखि लगाउन पाउने भएका छन् ।
पहिलो डोज लगाएको तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाउन पाउने भएका हुन् ।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ । शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ ।
यसैगरी, कोरोना संक्रमण दर घट्दै गएपछि १५ दिन अघिदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लगाइएको जोर बिजोर प्रणाली खारेज गरिएको छ । आजदेखि लागु हुनेगरी सरकारले जोर बिजोर प्रणाली हटाएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको ज्यान गएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
