लिङ्देन-थापा भेट, निर्मल निवासको हस्तक्षेपबारे छलफल गर्ने प्रतिबद्धता

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शनिबार लिङ्देन आफैं विशानगरस्थित थापाको निवास पुगेका थिए ।

दुई नेताबीच पार्टीमा देखिएको विवादका विषयमा छलफल भएको थियो । महाधिवेशन सकिएको दुई महिनापछि दुई नेताबीच भेटवार्ता भएको हो ।

Advertisement

भेटमा थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न आफूले २७ मंसिर र १६ माघमा अध्यक्षलाई पत्र लेखे पनि कुनै प्रत्युत्तर नआएको गुनासो गरेका थिए । जवाफमा लिङ्देनले निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘दुई नेताबीच अहिले देखिएका विषयमा लामो कुराकानी भयो । निवर्तमान अध्यक्षज्यूले राखेको प्रस्तावबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो,’ राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले न्युज कारखानासँग भने, ‘उहाँ (थापा) अध्यक्षज्यूको पत्रको प्रतीक्षामा हुनुहुन्छ ।’

केही समय अगाडि मात्रै अध्यक्ष लिङ्देनले राप्रपाको उपाध्यक्षसहित विभिन्न पदमा आफुँपक्षको बहुमत हुनेगरी नेताहरुलाई मनोनित गरेका थिए ।

More News last news
Loading...