प्रधानमन्त्री देउवालाई प्रचण्डले भने, हामी सरकारबाट बाहिरिन्छौं

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन्।

अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको पत्र सार्वजनिक भएको भन्दै रुष्ट बनेका प्रचण्डले फोन गरेर आफू सरकारबाट बाहिरीने बताएका हुन्।

Advertisement

प्रचण्डनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार आज (आइतबार) विहान प्रचण्डले प्रधानमन्त्री देउवालाई फोन गरेर आफूले सरकारमा सहभगाी मन्त्रीहरुलाई फिर्ता बोलाउन लागेको जानकारी दिएका थिए।

प्रचण्डले आफू र प्रधानमन्त्री देउवासँग अहिले एमसीसी पारित नगर्ने समझदारी भएको अवस्थामा एकाएक यसरी पत्रहरु सार्वजनिक गरिनु गलत भएको पनि आफूनिकट नेताहरुसँग गुनासो पोखेका छन्। प्रधानमन्त्री देउवासँगको फोनवार्तामा प्रचण्डले आफू पाँच दलीय गठबन्धन भने तोड्ने पक्षमा नरहेको जनाएका थिए।

उनले प्रधानमन्त्री देउवालाई भनेका थिए,‘यदि तपाईँलाई एमसीसी पास गराउनैपर्ने अप्ठ्यारो छ भने तपाईँ एमालेको सहयोग लिने हो भने पनि लिनुहोस, तर हामी सरकारमा रहँदैनौं । एमसीसी पारित गर्ने पक्षमा छैनौं ।’

More News last news
Loading...