काठमाडौँ । राष्ट्रिय आविस्कार केन्द्रले ग्रामिण भेगका हेल्थ पोष्टलाई ३००० ट्याब्लेटका दरले निशुल्क सिटामोल दिने भएको छ ।
पछिल्लो समय कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिएका कारण पारा सिटामोलको अभाव भएका समाचार बाहिरिएपछि ग्रामिण भेगका हेल्थपोष्टलाई ३००० ट्याबलेटका दरले सिटामोल दिन लागेको केन्द्रका संस्थापक महाविर पुनले बताए ।
सामाजिक सञ्जालमा भनेका छन्, पछिल्लो समय देशभर मानिसलाई सामान्य रुघा, खोकी लाग्दा चाहिने पारा सिटामोलकै अभाव भएको देख्दा हामीहरुले चन्दादाताले नै दिएको चन्दाले सिटामोल संकलन गरेर ग्रामिण भेगका हेल्थपोष्टमा वितरण गर्न लागेका हौँ ।
पुनले लेखेका छन् “सिटामोलको अति नै अभाव भएको ग्रामिण हेल्थपोष्टलाई आविष्कार केन्द्र बाट ३००० टेब्लेट सम्म दिने प्रयास भैरहेको छ।”
सिटामोल अभाव भएका हेल्थपोष्टहरुले आविष्कार केन्द्रलाई पत्र लेखेर माग गर्न सक्ने छन् । यसअघि नेपालमा कोभिड संक्रमण देखिनासाथ नेपालमा पीपीइ अभाव भएका बेला पनि पुनको आविष्कार केन्द्रले देशभर निशुल्क रुपमा पीपीई उपलब्ध गराएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
