सामूहिक बलात्कारका ९ आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।

न्यायाधीश रामचन्द्र पौडेलको इजलासले आज उक्त घटना नौ जनालाई आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही रु ३/३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

Advertisement

गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।

अदालतले घटनामा प्रयोग भएको होटलका सञ्चालकहरू तीन जनासँग जनही ३/३ लाख रुपैयाँ धरौटी माग गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

More News last news
Loading...