राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्कामाथि नक्कली शैशिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ ।

Advertisement

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आज नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको उल्लेख छ ।

खानी विभागका १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा 

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेसहित १८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । खनिज पदार्थ उत्खननमा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको हो।

उनीहरूविरुद्ध १ अर्ब २४ करोडभन्दा बढी रकम विगो माग गर्दै आज बुधबार मुद्दा दायर गरिएको हो । चुनढुङ्गा उत्खनन गर्दा खानी सञ्चालकसँग मिलेर कर्मचारीले प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारको आरोप छ ।

More News last news
Loading...