९० दिन कार्यालय नजाने कर्मचारीको सरकारी जागिर चट

काठमाडौँ । बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीले जागिर गुमाउनु परेको छ।

पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो।

Advertisement

यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ।

शिक्षक बढुवाको प्रक्रिया सुरु

शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ। शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो।

आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन मूल्यांकनका आधारमा ७५ प्रतिशत हुनेगरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ। उम्मेदवारले बुधबारदेखि दरखास्त पेस गर्न सक्नेछन्।

आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ।

More News last news
Loading...