काठमाडौ l निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन ।
आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन ।
यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो।
३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए, उनको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाए पछि आयोगले खारेज गरिदिएको हो ।
आयोग र सरकार दुवै आगामी बैशाखमा सकेसम्म संसदीय निर्वाचन सम्भवन नभए स्थानीय तहको निर्वाचन गर्ने तयारीमा छन् । आज पनि निर्वाचन बारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
