सरकारले घटायो कोरोना परीक्षण (पीसीआर) शुल्क

काठमाडौँ । सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

पीसीआर परीक्षणको शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

Advertisement

उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएकोमा अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो ।

सरकारी प्रयोगशालाले लिँदै आएको एक हजार रुपैयाँ शुल्कलाई घटाएर ८०० रुपैयाँ कायम गरेको डा. अधिकारीले जानकारी दिए।

उनका अनुसार निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउनेछन् ।

More News last news
Loading...