कोरोना बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ, पुराना सबै पास खारेज

काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढिरहँदा गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरेको जनाएको छ ।

Advertisement

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले बुधबार एक सूचना जारी गर्दै देशको प्रमुख प्रशाशनिक निकाय सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगलगायतबाट हालसम्म जारी भएका सबै प्रकारका पास खारेज गर्ने उल्लेख गरिएको छ ।

साथै अब आवश्यकता बमोजिम गृहमन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै पास जारी गर्नेलगायत ६ बुँदे नियम लागू गरिएको छ । पत्रकारलाई भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिने सूचनामा जनाइएको छ।

कोरोनाको हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४९८ संक्रमित

काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ स‌ंक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन्।

आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

More News last news
Loading...