आन्तरिक हवाइ उडान तथा होटल र सिनेमा हल छिर्दा खोप कार्ड अनिवार्य

काठमाडौँ । सरकारले आन्तरिक हवाइ उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ।

Advertisement

त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ।

नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला हुन र यात्रामा प्रतिबन्धात्मक व्यवस्थाहरु गरेको हो।

होटल र सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य

त्यस्तै सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि होटल तथा सिनेमा हल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन्।

उनका अनुसार सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्ण भएको छ।

More News last news
Loading...