काठमाडाैं l नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ । पिसिआर परीक्षण गर्दा आफूलाई काेभिड संक्रमण पुष्टि भएकाे र होमआइसोलेसनमा रहेको जानकारी दिएका छन् ।
उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख पनि गरेका छन् । ‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु ।
हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु,’ श्रेष्ठले लेखेका छन् ।
माओवादी बैठक स्थगित
कोरोना संक्रमण बढेसँगै भोलिका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। यही पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशन गरेको नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कोरोना संक्रमित भएसँगै केन्द्रीय कमिटी बैठक अनिश्चित भएको हो ।
विभिन्न नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको सूचना सार्वजनिक गर्न थालेका छन् । आठौं महाधिवेशनमा सहभागी १ हजार ७ सय ४२ प्रतिनिधिमध्ये झण्डै सय जनाले अहिले कोरोना जस्तै लक्षण सहित बिरामी भएको भन्दै सामाजिक सञ्जालमा सूचना राखेका छन् ।
माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना भएपछि कार्यालय नै बन्द गरिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
