काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक-युवती मृत फेला परेका छन्।
बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन्। उनीहरु डेरामा सँगै बस्दै आएका थिए।
बिहीबार राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ।
मृतक दुबैको शरीरमा चोट देखिएको छ। राई र जिमीसँगै बस्न थालेको दुई–तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
