काठमाडौं l राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
बस्नेत माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष एवं माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश कमिटीका सचिव हुन्।
युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो।
उपाध्यक्ष पदमा नियुक्तिकालागि १२ जनाले आवेदन दिएका थिए जसमध्येबाट बस्नेत उपाध्यक्षमा नियुक्त भएका हुन्।
गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गरेका थिए। सोही समितिको सिफारीसको आधारमा मन्त्रिपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
