काठमाडौं l प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । २२ पुस बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो। गत आइतबार (१८ पुस) मा डाकिएको बैठक सूचना टाँसेर स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो।
तर, यसको अघिल्लो दिन बुधबार विशेष कारण देखाउँदै बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
गौतमका अनुसार अब प्रतिनिधिसभाको बैठक २८ पुस बुधबार दिउँसो १ बजे बस्नेछ।
राष्ट्रिय सभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता (प्रस्तावसहित)
सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् । गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो ।
प्रस्तावको समर्थकमा कांग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर र जसपाकी प्रमिला कुमारी रहेकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
