आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाण्डाै । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची थियो ।

Advertisement

आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ ।

बैठकको कार्यसूची तय गर्ने विषयमा छलफल गर्न बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको थियो ।

More News last news
Loading...