काठमाडौं । पूर्व जनमोर्चा अर्थात् नेकपा मसालसँग सम्बद्ध राष्ट्रिय जागरण परिषदको टोली नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएको छ ।
पुस १६ गते एक समारोहकाबीच माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा राष्ट्रिय जागरण परिषद सामेल हुने भएको हो ।
मंगलबार राजधानीमा नेकपा जनवादी पार्टीसँग एकता घोषणा गरेको एकीकृत समाजवादीमा साध्यबहादुर भण्डारी नेतृत्वमा राष्ट्रिय जागरण परिषदको टोली सामेल हुने भएको हो ।
यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका अनुसार नेकपा एमालेका केही नेताहरुले समेत एकीकृत समाजवादीमा सामेल हुनका लागि छलफल गरिरहेका छन्।
एकीकृत समाजवादी र जनवादीबीच पार्टी एकता
नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच पार्टी एकता भएको छ। मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा गरिएको हो।
सो अवसरमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनवादीका महासचिव देवेन्द्रसिंह महता लगायतका नेताहरुलाई फूलमाला तथा अबिर लगाई स्वागत गरेका थिए।
पछिल्लो समय देशव्यापी संगठन विस्तारलाई तीव्र बनाएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत उच्च प्राथमिकतामा राखेको छ।
त्यसक्रममा नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको नेकपा जनवादीसँग पहिलोपटक एकता भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
