काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेता राम कार्कीले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा पूरक प्रस्ताव पेश गरेका छन्।
कार्कीले आफ्नो प्रस्तावमा दलाल पुँजीवाद समाप्त गरेर राष्ट्रिय पुँजीवाद कायम गर्ने भन्नु तर यथास्थितिमै रमाइरहने सोच भएको उल्लेख गरेका छन्।
क्रान्तिकारी कम्युनिष्टहरुले संसदको उपयोग गर्ने नाममा संसदवादमा भासिएको उहाँले प्रतिवेदनमा उल्लेख गरेका छन्।कार्कीले पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बनाउन नहुने जिकिर पनि गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
